हङकङ । कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो ।
हङकङ आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो । उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो । कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ । यद्यपि घरपालुवा जनावरलाई किस नगर्न तथा अंकमाल नगर्न पनि वैज्ञानिकहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया