बुटवल । चौतर्फी आलोचना भएपछि अन्तत्: लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना संक्रमणको आशंका गरिएको ४ दिनपछि शुक्रबार एक युवाको भर्ना लिएको छ । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईका २५ वर्षीय युवालाई चैत्र ४ गते विरामी भएर पृथ्वी चन्द्र अस्पताल परासीमा गएका ती युवालाई उपचारका लागि अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरेको थियो ।
लुम्बिनी अस्पतालले पनि भर्ना नलिएर चितवनको पुरानो मेडिकल रिफर गरिएको थियो। चितवनबाट काठमाडौंको कलंकी स्थीत एक अस्पतालमा पुगे पनि कुनै पनि अस्पताले उपचार नगरेपछि फेरि क्रिमशन अस्पताल मणिग्राम ल्याईएको र उक्त अस्पतालले पनि भर्ना नलिएपछि देवदह मेडिकल कलेजमा लगिएको र त्यहाँ पनि उपचार गर्न चासो नदिएपछि बिहिवार पुनः पृथ्वी चन्द्र अस्पताल परासीमा लगे पनि अस्पतालले उपचार गर्न नमाने पछि आफन्तजनले आक्रोश व्यक्त गरेका थिए । पहिला के कारणले बिरामीको भर्ना नलिएको भनेर सम्पर्क गर्न खोज्दा लुम्बिनीको प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालको फोन उठेन ।
प्रतिक्रिया