काठमाडौं । शुक्रबारदेखि अस्ट्रेलिया प्रवेशमा रोक लगाइने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि लागू हुने गरी अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दाबाहेक सबैलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइने घोषणा गरेका हुन् ।
शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ भएको मरिसनले बताए । अस्ट्रेलियन सरकारले केहि दिनदेखि आफ्ना नागरिकलाई स्वदेश फर्किन अपिल गरिरहेको छ । अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् ।
यहाँ एक सय भन्दा बढी भेला हुने निषेध गरिएको छ । यस्तै, आन्तरिक यातायात भने सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया