काठमाडौं । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसकाे प्रभाव अहिले बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुलाई परेको छ ।
अमिताभ बच्चन :
अहिले बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट जोगिन आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका हुन् ।
यस रोगबाट जोगिन सबैले आफ्नो ठाउँबाट सुरक्षित रहेर अरूलाई पनि जोगाउन र आफू पनि जोगिन पहल गरेको अभिनेता अमिताभले बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्बिर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् । यो सूचीमा अमिताभदेखि थुप्रै कलाकार समावेश छन् ।
आलिया भट्ट:
बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफू घरमै सुरक्षित बसेको बताएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् । कोरोना भाइरसको आतङ्कबाट जोगिन विश्वभर नै अनेक उपायहरू अपनाइँदै छ । यसबाट सतर्क रहन र जोगिन हरेक देशका सरकारले पनि आ-आफ्नै नियमहरू लागु गर्दै आइरहेका छन् ।
प्रतिक्रिया