कपिलवस्तु । भारतीय भूमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो सहित कोरोनाका लक्षण देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ । नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ ।
अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ । ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा वि तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ । क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आ-आफनो घर जान दिईने कपिलवस्तु प्रहरी उपरिक्षक दिप शम्सेर जवाराले बताए। दुई जना मध्य एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने,अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् ।
दुबैमा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ । कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागी पठाउने तयारी भैरहेको छ ।-प्रेसपाटी
प्रतिक्रिया