ताजा अपडेट »

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

विहीबार, ०६ चैत्र २०७६

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए । उनले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक बोलाएको बताए ।