ताजा अपडेट »

भारतमा डाक्टरलाई नै कोरोना संक्रमण

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं । भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण भएको पृष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका एक डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ।