ताजा अपडेट »

कोरोनाको कहर : सुनसान सडकहरु

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को फैलँदो सङ्क्रमणको कारण निकै चहलपहल रहने विश्वभरिका विभिन्न ठाउँ सुनसान देखिएका छन् । 

कोरोनाबाट बच्न केही ठाउँमा सरकारी आदेशका कारण मानिसहरु बाहिर निस्किएका छैनन्, केही ठाउँका मानिसहरु भने सावधानीपूर्वक घरमै बस्न रुचाइरहेका छन् ।

यो बेलायतको मिलेनियम ब्रिज हो । सामान्यतया यहाँ निकै भिड हुने गर्दथ्यो तर कोरोनाका कारण यो अहिले सुनसान छ । 
फ्रान्समा मङ्गलबारदेखि आवत जावतमा कडा प्रतिबन्ध लगाइएसँगै देखिएको दृश्य हो यो । 
विदेशीहरुलाई भिसा दिन बन्द गरिएपछि दुबई एक ठाउँ र सबै लोकप्रिय ठाउँलाई पनि बन्द गरिएको छ ।
यो इटलीको मिलान शहर हो । पूरै इटलीमा खाद्यान्न र औषधिजन्य पसलबाहेक अन्य बजार र पसल बन्द छन् । मानिसहरुलाई आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ । 
दिल्लीमा पर्यटकहरुबीच लोकप्रिय सबैजसो ऐतिहासिक स्थल बन्द गरिएको छ । तस्बिरमा देखिएको ठाउँ सफदरजङ्गको हो । 
अमेरिकाको न्युयोर्क शहरमा पनि विद्यालय, रेस्टुरेन्ट, बार र सबै सार्वजनिक ठाउँ बन्द गरिएको छ । 
यो तस्बिरमा देखिएको ठाउँ स्पेनको हो, जहाँ आर्मी इमरजेन्सी युनिटका सैनिक देखिएका छन् । पूरै स्पेनमा मानिसहरुलाई आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ । 
अस्ट्रिया सरकारले पाँच जनाभन्दा बढी मानिसको भिडमा प्रतिबन्ध लगाएपछि देखिएको राजधानी भियना । 
लेबनानमा कोरोना भाइरसका कारण मेडिकल इमरजेन्सी घोषणा गरिएपछि प्रायजसो ठाउँमा तीन चार जना मानिस मात्र देखिन थालेको छ ।   

तस्वीरहरु : एजेन्सी