काठमाडौं । इटालियन सिरी ए क्लब युभेन्ट्सका अर्का खलाडीलाई कोरोना संक्रमण देखिएको छ । क्लबका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
११ तारिख देखि आइसुलेसमा रहेका माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । फ्रान्सका विश्वकप विजेता माटुइडी कोरोनाको संक्रमण हुने युभेन्ट्का दोस्रो खेलाडी हुन् ।
इटालीमा हाल कोरोनाले सम्पूर्ण फुटबल गतिबिधि बन्द भएका छन् ।
प्रतिक्रिया