ताजा अपडेट »

बलिउड नायिका कपुर आइसोलेसनमा

बुधबार, ०५ चैत्र २०७६

काठमाडौँ । बलिउड नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । मंगलबार लन्डनबाट फर्किएपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्।

पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो। उनले इन्स्टाग्राममा पोष्ट गर्दै विमानस्थलमा धेरै स्थानमा स्वास्थ्य परीक्षण भएको उल्लेख गरेकी छन्। भारत सरकारले पनि विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको छ। त्यसैका लागि सोनम कपुर आफू आइसोलेसनमा बसेको बताएकी छन्।