काठमाडौं । इङ्गलिश क्लब लिभरपुल ट्रान्सफर बजारमा सर्वाधिक महँगो टोली ठहरिएको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थानमा रहेको हो ।
लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड छ । यस्तै, दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ । सूचीको तेस्रो स्थानमा स्पेनी क्लब बार्सिलोना, चौंथो स्थानमा रियाल मड्रिड र पाँचौंमा चेल्सी छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, टोटनहम र युभेन्ट्स क्रमशः छैटौं देखि दशौँ स्थानमा रहेका छन्। सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक मूल्यलाई आधार बनाएर सूची निकालेको जनाएको छ । –एजेन्सी
प्रतिक्रिया