ताजा अपडेट »

सस्तो लौकाको महंगा फाइदाहरु

मंगलबार, ०४ चैत्र २०७६

गाउँघरमा किसानहरु दुःखेसो गर्छन् लौकाले बजार मूल्य पाएन । किसानले कौडीको मूल्यमा बेच्ने लौका बजारमा भने कहिले सस्तो त कहिले महंगैमा बिकिरहेको हुन्छ ।

उत्पादन, बजार र मूल्यको आफ्नै रामकहानी छन् । यही लौका मानव स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक हुन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।