ताजा अपडेट »

´काेराेनाबाट प्रदेश ५ मा भयवित हुने अवस्था छैन`

सोमबार, ०३ चैत्र २०७६

बुटवल । प्रदेश स्वास्थय निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरी विश्वव्या महामारीकाे रुपमा फैलिएकाे काेराना संक्रमणबाट यश क्षत्रमा आतंकित हुनु पर्ने अवस्था नरहेकाे बताएका छन् । सरकारले संक्रमण नेपालमा छिर्न नदिनका लागि आवश्यक सम्पूर्ण पूर्व तयारीहरु गरिरहेकाे जानकारी गराए । तयारी अन्तरगत प्रदेशमा १ सय २० भन्दा बढी आइसाेलेसन वेडकाे व्यवस्था, १७ वटा हेल्प डेक्सकाे स्थापना गरिएकाे बताए । यसैगरी महाशाखाकाे तथ्याङ्क अनुसार प्रदेशमा आईतबार साँझसम्म ११ हजार ५ सय ४ जनाकाे स्वास्थ्य परिक्षण गरिएकाेमा हालसम्म कुनै विरामी पनि काेराेना संक्रमण नभेटिएकाे उल्ले गरे । रिपाेटर्स क्लव प्रदश ५ ले साेमबार बुटवलमा आयाेजना गरेकाे साक्षात्कारमा बाेल्दै उनले साे कुरा बताएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताए । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँग उनको आग्रह छ । बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे । यस्तै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यस तर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावश्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उनले कृषि जन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवस्यक रहेको बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउन तयार रहेको बताए । सरकारले बजारलाई प्रभावकारी रुपमा अनुगमन गर्न तर्फ अघि बढ्नु पर्ने बताउदै उनले व्यवसायीहरु सहयोग गर्न तयार रहेकाे उल्लेख गरे । सरकारले उपभोग्य वस्तु कति चाहिन्छ, अवस्था कस्तो छ लगायत बास्तविक अवस्थाको चित्रण गर्नु पर्नेमा जोड दिए । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था हुने उनले बताए । स्वदेशी उत्पान तर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररण दिनु पर्ने बताए । बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको बृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नियन्त्रणका लागि सरकार तथा व्यवसायीहरुले समेत ध्यान दिन आवस्यक रहेकाे उल्ले गरे ।