ताजा अपडेट »

कोरोनाका नाममा दुई चलचित्र बन्दै

आइतबार, ०२ चैत्र २०७६

काठमाडौं । महामारी बनिसकेको कोरोना भाइरसले विश्व नै त्रसित बनिरहेका बेला बलिउड चलचित्र निर्माताहरू भने यसमा चलचित्र बनाउने निर्णयमा पुगेका छन् । भारतीय मिडियाका अनुसार ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’, ‘बजंरगी भाइजान’ चलचित्र निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले कोरोनाभाइरस बारे चलचित्र बनाउँदै छन् । 

इरोज कम्पनीले ‘कोरोना प्यार है’ नामबाट चलचित्र रजिस्टर गराइसकेको छ। यसको नाम २००० मा रिलिज भएको ऋतिक रोशन र अमिषा पटेल अभिनित ब्लकबस्टर ‘कहो ना प्यार है’ सँग मिल्दोजुल्दो छ ।  ‘कोरोना प्यार है’ की निर्मात्री क्रिशिका लुल्लाका अनुसार, “अहिले कथामा काम भइरहेको छ, कोरोनाको त्रासपूर्ण वातावरण साम्य भएपछि हामी यसमा काम सुरु गर्छौं,” उनले भने ।

यसका साथै भारतीय अर्को कम्पनी इन्डियन मोसन पिक्चर्स एसोसिएसनले पनि ‘डेडली कोरोना’ नामबाट चलचित्र रजिस्टर गराइसकेको भारतीय मिडियाले बताएका छन् । -नवभारत टाइम्स