काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउने निर्णय गरेकी छन् । खड्गीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत इमेज टेलिभिजनलाई दिएको भिडियो अन्तर्वार्ताको दुई क्लिपसहित राखेर जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेको सार्वजनिक गरेकी हुन् ।
वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो ।’ हाल उषा र जीपीबाट एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया