बुटवल । मेला महोत्सवमा कलाकारहरुको ठेक्काको विषयमा भएको फोन वार्ता बाहिरिएपछि बजारमा कोरोनापछि नयाँ तरङ्ग पैदा भएको छ । केहिसमय अघि रुपन्देहीको बुटवल–११ देविनगरमा आयोजित महोत्सवका विषयमा राष्ट्रिय लोक तथा दाहोेरी गीत प्रतिस्ठानका केन्द्रीय सदस्य नारायण लेकाली र ठेकेदार राजविर जैशवाल बीचको फोन वार्ता बाहिरिएको हो ।
महिला उद्यमीद्वारा बुटवलमा सञ्चालित मेला प्रशसानले बिचमै रोकीदिएपछि आयोजकले क्षतिपूर्तीको माग गरेका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो । फागुन २१ गतेदेखि सञ्चालित सो मेला चैत २ गतेसम्म चल्ने भनिएको थियो । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि प्रसशनले महोत्सव गर्न रोक लगाएको थियो । सोही विषयलाई लिएर दुईजना बीच भएको फोन वार्ता बाहिरिएको हो ।
फोन वार्ता आफ्नै भएको स्वीकार गरेपनि ३५ मिनेट लामो वर्तालाई आफू अनुकूल काटछाट गरेर बाहिर ल्याइएको लेकालीले बताए । आफूले बुटवल लगायत यस क्षेत्रका कलाकारहरुका लागि आवाज उठाएको बताउँदै उनले ठेकेदारको हातमा मेला महोत्सव बन्देज हुने गरेको बताए । यसैगरी अडियो बारे कुरा गर्दै दोस्रो व्यक्ति जैसवालले आफूले अडियो रेकर्ड गरेपनि अरु कसैले बाहिर ल्याएको बताएका छन् । आफू निकटका ३ जनालाई अडियो दिएका लेकालीले भने ३२ मिनेट २८ सेकेण्डको वार्तालाप भएको बताएका छन् ।
लोकदोहरी गित प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्कीले कलाकारिताका विषयमा त्यसरी बोल्नु गलत भएको प्रतिक्रिया दिएका छन् । साथै उनले बोलिएका कुरा पनि सावजनिक हुनु कलाकार र कलाकारिताका लागि निकै दुःखद् भएको प्रतिक्रिया दिएका छन् ।
नारायण लेकाली र राजविर जैशवाल बीचको फोन वार्ता
प्रतिक्रिया