तिनाउ । पाल्पाकाे तिनाउ गाउँपालिकामै विकट मानिएकाे वडा नम्बर-६ काे पाटनमा स्वास्थ्य इकाई सञ्चालनमा आएकाे छ । स्वास्थ्य इकाईकाे शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले पालिकालाई आधारभूत स्वास्थ्य सुविधा सम्पन्न बनाउनका लागि अन्य ठाउँमा पनि इकाई स्थापना गरिने जानकारी गराए । साविकका ४ वटा गाविस मिलेर बनेकाे तिनाउमा ४ उप स्वास्थ्यचौकी रहेका छन् ।
प्रत्येक जनातालाई आधाभूत स्वास्थ्य सुविधाका लागि बढीमा एक घण्टाभन्दा बढी पइदल हिड्न नपर्ने गरि अन्य ७ ठाउँमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याउन लागिएकाे अध्यक्ष घर्तिले जानकारी गराए । गाउँपालिका अन्तरगत पाटनसहित अन्य ७ ठाउमा स्वास्थ्य इकाई स्थापना भइसकेकाे जानकारी गराउँदै गाउँपालिका उप प्रमुख दमयन्ति थापाले केही दिनमै वडा नम्बर १ काे झिगामारामा पनि सञ्चालन गर्ने तयारी भएकाे बताइन । याेसँगै गाउँपालिकामा अब १२ वटा स्वास्थ्य केन्द्र हुने भएका छन् ।
स्वास्थ्य इकाईहरुमा १ जना अहेबसहित नेपाल सरकारले ताेकेका ३५ प्रकारका अौषधी निशुल्क उपलब्ध गराउनुका साथै स्वास्थ्य परिक्षण गरिने प्रमुख प्रशासकिय अधिकृत दामाेदर खनालले जानकारी गराए । पाटन स्वास्थ्य इकाई स्थापनाकाे अवसरमा बाेल्दै गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष टाेमबहादुर पुन, गाउँपालिका स्वास्थ्य ईन्चार्ज कृष्ण कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए । मस्याम उप स्वास्थ्यचौकीका इन्चार्ज गँगाराम खनालकाे स्वागत तथा कृष्ण कार्कीकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे ।
प्रतिक्रिया