ताजा अपडेट »

अमेरिकामा संकटकाल घोषणा

शनिबार, ०१ चैत्र २०७६

काठमाडौ । अमेरिकामा कोरोना भाइरसको संक्रमण लगातार बढेपछि राष्ट्रिय संकटकाल घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ। साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ। राष्ट्रपति ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, 'आउँदो हप्ता हाम्रो लागि निकै महत्वपूर्ण छ। कोरोना भाइरसको रोकथाम र संक्रमण फैलिन नदिन हाम्रो पूरा प्रयास रहनेछ।'

उनले सरफाइमा ध्यान दिनुको साथै यस्तो बेला यात्रा नगर्न सबै अमेरिकीबासीलाई आग्रह गरेका छन्। अमेरिकाले यसअघि नै वाशिंगटनलाई संकटकाल घोषणा गर्नुको साथै बेलायतबाहेक युरोपबाट अमेरिका आगमनमा रोक लगाएको थियो।