बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले संयुक्त रूपमा बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ । रोट्याक्ट बुटवल डाउन टाउन र रोट्याक्ट बुटवल सिनर्जीले कार्यक्रम सम्पन्न गरेका छन् । रोट्रयाक्ट डाउन टाउनका अध्यक्ष मधु भट्टराईले बिगत ८ वर्षदेखि देवदहको चरङेमा लगातार बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए । सीता माबिमा कम्प्युटर बितरणदेखि ४वर्ष प्रौढ शिक्षा सञ्चालन, बृहत स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको क्लबले सेनेटरि प्याड र मेसिन हस्तान्तरण गरि माहामारी फैलिएको कोरोना रोगबारे चेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष भट्टराईले बताए। रोट्याक्ट सिनर्जीका अध्यक्ष खेम थापाले स्वागत मन्तव्य राख्दै सबै रोटयाक्रट मिलेर कार्यक्रम गर्दा अझ प्रभावकारि भएको बताए ।
प्रमुख अतिथि रोट्याक्ट डाउनटाउनका पुर्ब अध्यक्ष कमल थापा ले क्लब ले उत्कृष्ट कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रम मा विशिष्ट अतिथि रोट्याकट क्लब अफ बुटवल डाउनटाउनका पुर्व अध्यक्ष एवम् सलाहकार बालकृष्ण पाण्डेले आफू २०१५ मा अध्यक्ष हुँदा बृहत प्रौढ शिक्षाको सुरुवात गरि निरन्तर चलेर चरङेका दिदिबहिनी आमाहरुलाई साक्षर बनाउन सकेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा तिनाउ हस्पिटलकी नर्सिङ इन्चार्ज सबिता सैजुले सीता माबि मा ९र१० मा अध्ययनरत छात्राहरुलाई महिनावारी हुँदा अपनाउनुपर्ने विधि र प्याड उपयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण दिइन् । सीता माबिका प्र.अ महेश थैबले प्रतेक वर्ष चरङगे र सीता बिधालयमा क्लबले गरेको कार्यक्रमको प्रसंशा गरे । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जनक दमासेले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सम्योजन कृष्ण घिमिरेले गरेका थिए ।
प्रतिक्रिया