फागुन १०,
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक र्पतिष्ठानको आयोजनामा दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९ को पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।राष्ट्रियसभा गृहमा प्रमुख अतिथि रहेका दाहालले महोत्सवको एक डमी अनावरण गरी महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवका आयोजकलाई दाहालले धन्यवाद दिँदै विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताए । महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनि महोत्सवमा निर्णायक समितिका संंयोजक नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने जानकारी दिएका थिए । यस महोत्सवका लागि विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । महोत्सव चार दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया