ताजा अपडेट »

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

शनिबार, २४ फागुन २०७६

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा आराम गरिरहेका ओलीको स्वास्थ्य क्रमिक रूपमा राम्रो भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनलाई आइसियुमै राखिएको छ। साथै कसैसँग भेटघाट गर्न नदिइएको अस्पतालले जनाएको छ । संक्रमणको जोखिम रहने भएकाले केही दिन भेटघाट बन्द गरिने जनाइएको छ।

शल्यक्रियामा संलग्न चिकित्सकको टोली दिउँसो १२ बजे अनुगमनमा आउने र दिउँसो चार बजे पत्रकार सम्मेलनमार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराइने अस्पतालले जनाएको छ।