ताजा अपडेट »

दुर्गेश र अञ्जलीको ‘टलटल टल्किने ऐना...!’ सार्वजनिक

मंगलबार, २० फागुन २०७६

बुटवल । कलाकार दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित ‘टलटल टल्किने ऐना’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा देवी घर्ती र क्षितिज सलामी मगर स्वर दिएका छन् । गीतमा होमराज सुनमको शब्द रचना तथा संगीत रहेको छ । शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दुर्गेश र अञ्जली फिचर्ड छन् ।

भिडियोको सम्पादन भने पदम सुवेदीले गरेका हुन् ।

https://youtu.be/njtlw49Uvug