फागुन ९,
काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताबीच बर्षाैदेखि चल्दै आएको वाकयुद्ध फेरी चर्किएको छ । गिरिजाप्रसाद कोइरालादेखि नेपाली कांग्रेसमा कोइराला र देउवा खेमाको निर्माण भएको हो । त्यसअघि विपी-मात्रिका, विपी-गणेशमान, गिरिजा-गणेशमान, गिरिजा- कृष्णप्रसाद भटराईका गुटहरु कांग्रेसको इतिहाँसमा सक्रिय थिए ।
अघिल्लो महाधिबेशनमा कोइराला परिवारबाट कांग्रेसको नेतृत्व देउवामा पुगेको थियो । त्यसपछि इतिहासमा कोइरालाको खेमा बनेन् । देउवा र पौडेल खेलमा बन्यो । तर कोइराला परिवारका तीन सदस्यले पौडेललाई साथ दिएका थिए तर पराजित भए ।
पार्टीमा पुनः कोइराला परिवारकै नेतृत्व पुनरागमन गराउन डा. शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला एउटै मालामा उभिएका छन् । उनीहरुबाट एक जना पार्टी सभापतिको उम्मेद्धार बन्ने भएपछि देउवा खेमामा चिसो पसेको छ ।
तीन दिनअघि विराटनगर पुगेका तीन कोइराला परिवारका सदस्यले वर्तमान सभापति देउवालाई चुनौति दिएका छन् । जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा डा. शेखर कोइरालाले देउवाको निकै चर्काे आलोचना गरे । उनकै कारण इतिहासमै कांग्रेस कमजोर भएको कार्यकर्तालाई अर्ति दिए ।
लगतै बुधवार देउवा वीरगञ्ज पुगेर कोइराला परिवारमाथी निशाना साँधे । ‘कांग्रेस कुनै परिवारको बपौति हो ?’ कोइराला परिवारलाई लक्षित गर्दै देउवाले भने ‘हाम्रो टाउको फुटदा उनीहरु कहाँ थिए ।’
विराटनगरमा शेखर कोइरालाले देउवाको चर्काे विरोध गरेका थिए । देउवाको कानमा त्यो विरोधको स्वर पुगिसकेछ । उनले बीरगञ्जबाट आक्रोसित जवाफ दिए । ‘त्यो शेखर जथाभावि बोल्दै हिड्ने ? के छ त्यसको हैसियत ? अब अनुसाशनको कारवाही गर्छु’, देउवाले भने ।
प्रतिक्रिया