ताजा अपडेट »

अबदेखि बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स

सोमबार, १९ फागुन २०७६

बुटवल । बुटवलमा पनि अबदेखि आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात भएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स पहिलो पटक सुरु भएको हो ।

एम्वुलेन्स सुभारम्भ गर्दै समाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार पनि स्वास्थ्य सुधारका लागि परेको बताए । साथै उनले बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिएका थिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालन गर्ने उक्त एम्वुलेन्समा सेवा लिएर काठमाण्डौ जाँदा भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको छ ।

भेन्टिलेटर प्रयोग गर्ने बिरामीसँग चिकित्सक साथमा रहने छन भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।