बुटवल । गएराति भएको एलक्लासिकोमा रियल मड्रिडसँग बार्सिलोना २-० गोलले पराजित भएको छ । रियलको घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलले जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले रियललाई रोक्न सकेन । रियलका लागि खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए ।
त्यस्तै खेलको अन्तिम समयमा मारियानो डायजले गोल गरेपछि बार्सिलोना निरिह जस्तै देखियो । यो हारसँगै बार्सिलोना दोस्रो स्थानमा झरेको छ भने रियल लिगको शिर्षस्थानमा उक्लिएको छ ।
रियल २६ खेलमा ५६ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ । पराजित बार्सिलोना ५५ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । यो जितसँगै समिक्षकहरुले जिदानको रणनीतिले बार्सिलोनाविरुद्ध काम गरेको बताएका छन् ।- एजेेन्सी
प्रतिक्रिया