काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग 'इंगेजमेन्ट' गरेका छन्। उनले शनिबार इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरुको इंगेजमेन्ट भएको घोषणा गरेका हुन्। उनीहरु यही वर्षको गर्मीयाममा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन्। यो घोषणसँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा विहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।
जोनसनको दोस्रो पत्नी भारतीय मूलकी मारिना ह्विलर हुन्। उनीहरु पारपाचुकेको अन्तिम चरणमा छन्। फेब्रुअरी महिनाको सुरुआतमा उनीहरुले पारपाचुकेको औपचारिकता पूरा गर्दै एक वित्तीय सम्झौतामा सहमति गरेका थिए। प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन तथा ३१ वर्षीय साइमन्ड जुलाइ २०१९ देखि डाउनिङमा बस्दै आएका छन्। साइमन्ड जोनसनको तेस्रो पत्नी बन्दैछिन्। उनले सबैभन्दा पहिले मोस्टिन ओवेनसँग १९८७ मा विवाह गरेका थिए। छ वर्षपछि १९९३ त्यो सम्बन्ध टुटेको थियो। त्यसपछि उनले १९९३ मा ह्विलरसँग विवाह गरे। ह्विलरका तर्फबाट उनको चार जना बच्चा छन्।
प्रतिक्रिया