ताजा अपडेट »

एसीसी इस्टर्न रिजन टि-२० : नेपालको लगातार दोस्रो हार

आइतबार, १८ फागुन २०७६

काठमाडौँ । एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।

पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ कमजोर थियो र २२ रनले पराजित भएको थियो । यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ ।