काठमाण्डौं । थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले आज हङकङको सामना गर्दैछ। पहिलो खेलमै मलेसियासँग पराजय भोगेर खराब सुरुवात गरेको नेपालले आज हङकङसँग पहिलो जितको खोजिमा छ। नेपालले टस जितेपछि हङकङले अहिले ब्याटिङ गरिरहेको छ।
हङकङले भने जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दै छ। शनिबार भएको खेलमा सिंगापुर र मलेसियाले जित निकालेका थिए । हङकङ र नेपाल परिचित प्रतिद्वन्दी हुन्। नेपाल र हङकङबीचका पछिल्ला ५ खेलहरुमा १ खेल नेपालले जित्दा २ खेल हङकङले जितेको थियो। त्यसअघिका २ खेल रद्द भएका थिए।
नेपाल र हङकङ पछिल्लो समय ओमनमा पाँचदेश सम्मिलित टी २० सिरिजमा खेलेका थिए जसमा नेपालले हङकङमाथि ४ विकेटको जित निकालेको थियो।
प्रतिक्रिया