काठमाडौं । इरानी उपराष्ट्रपति मासोमेह इबतकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपराष्ट्रपति इबतकारलाई कोरोना भाइरस पोजेटिभ देखिएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी महिला तथा परिवार विभाग तर्फकी उपराष्ट्रपतिको रुपमा कार्यरत छिन् ।
अहिलेसम्म इरानमा २ सय ४५ जनामा संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया