ताजा अपडेट »

कोरोना भाइरस : दक्षिण कोरियामा संक्रमति हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो

शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।  

दक्षिण कोरियाको  कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १०  र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।

 विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी  प्रभावित भएको छ । गत  वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको संक्रमण शुरु भएको थियो । –सिन्ह्वा/Photo:AFP