काठमाडौं । अभिनेता विजय बरालले लगनगाँठो कसेका छन् । बरालले कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग लगनगाँठो कसेका हुन् । बिहिबार काठमाडौंको एक पार्ट प्यालेसमा बराल र खनालको लगनगाँठो कसिएको हो ।
नाटकको सिलसिलामा चिनजानपछि भएको बराल र खनालको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो । मण्डला थिएटरका कलाकार विजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् । अभिनेता विजय कबड्डी ऋखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् ।
यस्तै अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।
प्रतिक्रिया