काठमाण्डौं । गएराति भएको युरोपा लिगमा आर्सनललाई नमिठो झट्का लागेको छ । पहिलो लेगमा एक गोलको अग्रता बनाएको आर्सनल दोस्रो लेगमा २-१ गोलले पराजित हुदाँ अवे गोलको आधारमा आर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।
समग्र दुईदुई गोल भएसँगै आर्सनल अवे गोलका आधारमा युरोपा लिगबाट बाहिरिएको हो । घरेलु मैदानमा भएको खेलमा ओलम्पियाकसले २-१ गोलले पराजित गरेसँगै आर्सनलको युरोपा लिग यात्रा सकिएको छ । ओलम्पियाकसलाई जित दिलाउन पापे अबु सिसे र योसुफ अल अरबीले एकएक गोल गरेका थिए । आर्सनलका लागि पेरी इमरिक एउमयांगले एकमात्र गोल गरेका थिए ।
प्रतिक्रिया