ताजा अपडेट »

वैवाहिक सम्बन्धमा जोडिए प्रियंका र आयुष्मान

विहीबार, १५ फागुन २०७६

बुटवल । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वैवाहिक सम्बन्धमा जोडिएका छन् । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर उनीहरुले कागजी विवाह गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कोलाई माला लगाएर प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ । प्रियंकाले इन्स्टाग्राम अकाउन्टमार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी छन् । शुक्रबार उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको आयोजना गरेका छन् ।