ताजा अपडेट »

हैदरावादको कप्तानमा वार्नर

विहीबार, १५ फागुन २०७६

काठमाडौं । विश्वकै चर्चित लिग इण्डियन प्रिमियर लिग आईपीएल को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादको कप्तानीको जिम्मा अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरलाई दिइएको छ ।

सिजन सुरु हुन लागेसँगै हैदरावादले कप्तानको जिम्मेवारी वार्नरलाई दिएको हो । वार्नरले यस अघि सन् २०१६ सम्म हैदरावादको कप्तानी गरेका थिए । तर, बल टेम्परिङको आरोपमा अन्तराष्ट्रिय क्रिकेटबाट प्रतिबन्धमा परेपछि हैदरावादले उनलाई कप्तानीबाट हटाएको थियो ।

वार्नरपछि न्युजिल्याण्डका केन विलियम्सनले कप्तानी सम्हालेका थिए । वार्नरको कप्तानीमा रहेको हैदरावादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।