ताजा अपडेट »

फर्साटिकरमा सिद्धबाबा डेण्टल, गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड

विहीबार, १५ फागुन २०७६

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका- ४ सौं फर्साटिकरमा डेण्टल क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकको बिहीबार एक समारोहका बीच उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रीले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले क्लिनिकले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले ग्रामिण शहरमा सञ्चालन भएको क्लिनिकले आस–पासका ग्रामिण क्षेत्रका जनतालाई सहज सेवा दिन आग्रह गरे । ग्रामिण क्षेत्रका जनतालाई सहज रुपले दन्त सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘सिद्धबाबा डेण्टल क्लिनिक ’को शुभारम्भ गरिएको स्थानीय सञ्चालक इन्दिरा पोखरेलले बताइन् । शुभारम्भको अवसरमा निःशुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिने अर्का सञ्चालक हुमराज ढकालले बताए ।

डेण्टल क्लिनिकमा ग्रामिण क्षेत्रका जनतालाई सहज र शुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने क्लिनिकका डाक्टर अमृत भण्डारीले दाबी गरे ।