काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिहीबार वैवाहिक जीवनमा बाँधिदैछन् । अहिले उनीहरू विवाहको अन्तिम तयारीमा छन् ।
यसै सन्दर्भमा मंगलबार आयुष्मान र प्रियंकाको मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरिएको थियो । समारोहमा उनीहरूका आफन्त, साथीभाइ तथा केही फिल्मकर्मीको समेत उपस्थिति देखिन्थ्यो । उक्त समारोहपछि सार्वजनिक भएका तस्वीर र केही भिडियो फुटेजमा विवाहको रौनक केही फरक र उल्लासमय देखिन्छ। मङ्गलबारको मेहेन्दी समारोहमा नायिका कार्कीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् भने, आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखे ।
मेहेन्दी समारोहपछि प्रियंका, आयुष्मानलगायतले नृत्य प्रस्तुत गरेका थिए । गत वर्ष नै ‘इन्गेजमेन्ट’ गरेको यो जोडीले विवाहको लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको बुक गरिएको बताइको छ ।
प्रतिक्रिया