ताजा अपडेट »

इन्स्टाग्राममा रोनाल्डोका छोरा, २४ घण्टामा झण्डै १० लाख फलोअर्स

बुधबार, १४ फागुन २०७६

काठमाडौं । विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले 'minicristianoronaldo2010' नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलेका छन् । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् । 

उक्त इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलो गरेका छन् । साथै उनले पाँच जनालाई फलाे गरेका छन् ।  उनले आफ्नो अकाउन्टमा सुरुवाती तीन वटा पोस्ट गरेका छन् । जसमध्ये पहिलो भिडियोमा उनले आफूलाई चार वटा भाषामा परिचय दिएका छन् । त्यस्तै दास्रो पोस्टमा उनले आफ्ना भाइबहिनी र बुवा बाथ लिइरहेको फोटो हालेका छन् ।

उनले तेस्रो पोस्टमा भने आफ्नो आमा जोर्जिना रोड्रिगेजसँगको तस्बिर हालेका छन् ।