ताजा अपडेट »

एसिया-११ को टिममा सन्दीप लामिछाने

मंगलबार, १३ फागुन २०७६

काठमाडौं । बंगलादेशमा हुने टि-ट्वान्टी सिरिजका लागि एसिया- ११ को टिम सार्वजनिक भएको छ । विश्व- ११ विरुद्ध हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले मंगलबार एसिया- ११ बाट खेल्ने १४ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नामावलीमा सन्दीप लामिछाने पर्न सफल भएका छन् । एसिया-११ को टिममा पर्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एसिया-११ मा भारतका विराट कोहोली सहित धेरै खेलाडी रहेका छन् । टिममा भारतका मात्र ६ खेलाडी छन् ।

खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।