ताजा अपडेट »

उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुल नयाँ रेकर्ड नजिक

मंगलबार, १३ फागुन २०७६

काठमाण्डाैं । लिभरपुलले यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ । गएराति भएको खेलमा लिभरपुलले जित हात पार्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । लिभरपुलले म्यानचेस्टर सिटीले १८ खेलमा शतप्रतिशत नतिजा निकालेको रेकर्डसँग बराबरी बनाउन सफल भएको छ ।

यसअघि म्यानसिटीमात्र यस्तो क्लब थियो जसले १८ खेलमा लगातार जित हात पारेको थियो । उक्त रेकर्ड लिभरपुलले पनि बनाउन सफल भएको छ । अब एक खेल जितेमा लिभरपुलले नयाँ रेकर्ड बनाउन सफल हुनेछ ।

त्यस्तै प्रिमियर लिगमा अब बाँकी ११ खेलमात्र बाँकी रहेका छन् । लिभरपुलले २२ अंकको अग्रता बनाएको छ । यदी लिभरपुलले लगातार चार खेलमा जित हात पारेमा प्रिमियर लिग उपाधि जित्नेछ । ३० वर्षपछि लिभरपुलले प्रिमियर लिग उपाधि जित्नेछ । -एजेन्सी