ताजा अपडेट »

सिप विकास प्रतिष्ठान बनाउन सैनामैना उपयुक्त :रोजगार मन्त्री बिष्ट

मंगलबार, ०७ फागुन २०७५

फागुन ७,
सैनामैना ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । जसको अवलोकन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आज गर्नुभएको छ ।सैनामैना नगरपालिका वडा नं. ७ लम्टैयामा सिप विकास प्रतिष्ठान बन्ने भएको हो । नेपाल सरकारले देशभरका विभिन्न तिन वटा स्थानमा केन्द्रीय स्तरको सिप प्रशिक्षण केन्द्र अन्तर्गत सैनामैनामा सिप विकास प्रतिष्ठान उपयुक्र्त स्थान रहेको मन्त्री विष्टको भनाई छ ।


सैनामैना नगरपालिका उपलब्ध गराइएको ६० विघा क्षेत्रफलमा बन्नेछ । नेपालको नारायणी पश्चिम धनगढीसम्मका हजारौ युवाहरुलाई सिप प्रदान गर्ने उद्देश्यले प्रतिष्ठान सैनामैनामा निर्माण हुने भएको हो । नेपाल सरकारको दिर्घकालिन योजना अनुसार एउटा पालिकाका एउटा सिप प्रशिक्षण केन्द्र निर्माण गर्ने थप लक्ष्य समेत लिएकोले सैनामैनाको उक्त प्रशिक्षण प्रतिष्ठानले सिप युक्त जनशक्ति तयार गर्नेछ ।


स्वदेशमा नै सिप सिकेर केही गर्न चाहने युवाहरुलाई दक्ष बनाउने गरी व्यवहारिक तालिम प्रतिष्ठान बाट प्रदान हुनेछ । सिप विकास प्रतिष्ठान पछि सैनामैनाको बृहत्तर विकासमा टेवा पुग्ने आशा नगरपालिकाले गरेको छ ।अहिले सैनामैना नगरपालिकाले जग्गाको लालपुर्जा नेपाल सरकारलाई दिने गरी काम अगाडि बढाइसकेको छ । करिव १ सय विघा क्षेत्रफलमा आवासीय सुविधा सहितको पहिलो चरणमा मध्यममस्तरको तालिम युवाहरुलाई प्रदान गरी सोही अनुसारको दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य छ ।


जसमा आवसीय सुविधा सहितको तालिम प्रतिष्ठान (प्रशिक्षण केन्द्रं)को समेत परिकल्पना गरिएको छ । नगरपालिकाबाट प्रदान गरिएको ६० विघा जग्गा अपुग भएमा थप जग्गा समेत प्रदान गर्न नगरपालिका तयार रहेको सैनामैना नगर पालिका मेयर चित्र बहादुर कार्कीले बताएका छन् ।
जग्गा प्राप्तीको चरण सकिएपछि परियोजनाको विस्तृत योजना सर्र्वेेक्षण प्रतिवेदन (डिपीआर) बनाउन सुरु गरिनेछ ।अवलोकनमा प्रदेश न. ५का प्रदेश सासद भुमिश्वर ढकाल,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की,विभिन्न राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।