ताजा अपडेट »

इन्स्टाग्राममा एउटा पोष्ट गरेबापत २ करोड कमाउँछिन् प्रियंका

सोमबार, १२ फागुन २०७६

काठमाडौं । बलिउडबाट करियर सुरु गरेकी नायिका प्रियंका चोपडा अहिले हलिउडसम्म छाइसकेकी छन् । उत्कृष्ट अभिनयको कारण उनको सामाजिक सञ्जालमा धेरै दर्शक छन् । त्यही फ्यान-फ्लोअरको कारण प्रियंकाको इन्स्टाग्रामबाट निकै आकर्षक कमाइ हुने गरेको छ।

बिहीबार इन्स्टाग्राममा प्रियंकाको ५० मिलियन फलोअर्स पुगेका छन्। उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् । उनी एउटा पोस्ट गरेबापत लगभग दुई करोड भारतीय रुपियाँ लिन्छिन्। यो साताको सुरुआतमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए। उनी यति धेरै फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए। अहिले उनको ५०।२ मिलियन फलोअर्स छन्।

प्रियंका इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट उनी दुई लाख ७१ हजार अमेरिकी डलर कमाउँछिन्। योसँगै उनी इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट कमाइ गर्ने व्यक्तिको सूचीमा १९औं स्थानमा छिन्।