फागुन १२,
गए राती भएको फ्रेन्च लिग वानमा पिएसजीले सानदार कमव्याक गर्दै बोर्डेक्सलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ । पिएसजीलाई जित दिलाउन इडिसन काभानी र काइलियन एमाबाप्पले एक एक गोल गरे भने खेलमा मारकुइनोस नायक बने ।
उनले दुई गोल गरे । त्यस्तै बोर्डेक्सका लागि वांग विइ जोले, पाब्लो कास्ट्रेो, रुबेन पाड्राले एकएक गोल गरे । खेलको अन्तिम समयमा पिएसजीका नेयमारले रातो कार्ड पाए । यो जितसँगै पिएसजीले २६ खेलमा ६५ अंक जोड्न सफल भएको । पिएसजी लिगको शिर्षस्थानमा रहेको छ । बोर्डेक्सको ३५ अंक रहेको छ । -एजेन्सी
प्रतिक्रिया