फागुन ११,
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । आइतबार झापामा भएको तेस्रो संस्करणको फाइनल खेलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बन्न सफल भएको हो ।
मछिन्द्रको जितमा विमल घर्ति मगरले एकमात्र निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा नै पेनाल्टी गोल गरेका थिए । सोमिडे एडिलाजालाई थ्री स्टारका अशोक खवासले पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विमलले गोल गरेका थिए ।
उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ भने उपविजेता थ्री स्टारले ३ लाखमै चित्त बुझाएको छ ।
प्रतिक्रिया