ताजा अपडेट »

तेस्रो खुल्ला लन टेनिस : रानाले चुमे उपाधि

शुक्रबार, ०९ फागुन २०७६

फागुन ९,

ग्लोबल आवाज

बुटवल । बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन । मेन्स सिंगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६-४, ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता खनाल नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए ।

वोमन्स सिगलतर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफका सलोनी तामाङले हात पारेकी छिन । सलोनीले विहिबार भएको फाईनल खेलमा काठमाण्डौकी प्रकृति श्रेष्ठले ६-१, ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता श्रेष्ठ नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ३५ प्लसको उपाधि कमल भण्डारीले जितेको छ । उनले फाईनलमा राजु श्रेष्ठलाई ६-१, ६-१ को सेटमा पराजित गर्दै उपाधि चुमका हुन । ४५ प्लसतर्फको खेलमा चन्द्र शाहीले उपाधि जितेका छन । चन्द्रले बिमल गुरुङलाई ६-४, ६-४ को सोझो सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । एक समारोहका बिच विजेता, उपविजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राना, संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरेका थिए । पुरुष त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथी उमेर समुहको उपाधि विजेताहरुले समान नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले छ ।