फागुन ६,
तिलोत्तमा । नेपाल कम्यूूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देहीको मधवलियामा २१ औं शाखा स्थापना गरेको छ । तिलोत्तमा नगरपालिकाको मधवलियामा बैंकले सोमबारदेखि शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको हो । शाखाको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले उदघाटन गरेका हुन् । सो अवसरमा उनले तिलोत्तमा नगरपालिका कृषि, उद्योग र पर्यटनको राम्रो सम्भावना बोकेको नगर भएकाले यसतर्फ लगानी केन्द्रित गर्न बैंकलाई आग्रह गरे ।
विभिन्न नाममा गैरकानुनी ढङ्गबाट हुने कारोबारतर्फ सर्वसाधारण, उद्योगी व्यवसायी सचेत हुनुपर्ने सुझाव दिंदै उनले बैंक तथा वित्तीय संस्थाबाट मात्रै आर्थिक कारोबार गर्न आग्रह गरे । उनले महिलाले समूहमा सञ्चालन गर्ने व्यवसायका लागि बैंकबाट लिएको ऋणको ब्याजको दुई प्रतिशत रकम नगरपालिकाले तिर्ने व्यवस्था गरेको जानकारी दिंदै यसबाट लाभ लिन पनि आग्रह गरे ।
बैंक सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले बैंकले कृषि, ऊर्जा, स्वरोजगार एवं साना तथा घरेलु उद्योगहरुलाई प्राथमिकता दिएर लगानी गर्ने जानकारी दिए । सो क्षेत्रमा वित्तिय कारोबारका लागि सहज,सरल र भरपर्दो संस्थाको महसुस गरी स्थपना गरिएको शाखाको सुरुवातमा नै ५ सय बढीले खाता खोलेको शाखा प्रमुख सृष्टि अधिकारी भुषालले जानकारी गराइन् ।
कार्यक्रममा बैंकका सञ्चालक हिरामणि अर्याल, तिलोत्तमा उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे , पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनाथ शर्मा, बैंकका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्का, कृष्णप्रसाद पन्थी लगायतले आफ्ना भनाई राखेका थिए । ।
प्रतिक्रिया