फागुन ८,
काठमाडौं । चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नकाे लागि राजधानीको शंखमूलमा रहेको अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विधि गतिविधिबाट संकलन गरेको ३ लाख ४० हजार २ सय रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा जितेका, विविध गतिविधिबाट संकलन गरेका तथा खाजाबाट जोगाएको रकम फाउन्डेसनलाई दिइएको हो । राजधानीको एक कलेजले आयोजना गरेको स्लाइड सो प्रतियोगितामा प्रथम भई जितेको रकम समेत समावेश छ । यसैगरी विद्यालयमा एक मेला सञ्चालन गरी विविध परिकार बेचर संकलन गरेको तथा डोनेसन बक्समा संकलित रकम पनि सहयोगमा सामेल छ । केही रकम विद्यार्थीहरूले आफ्नो खाजाबाट कट्टा गरेर डोनेसन बक्समा जम्मा गरेका थिए ।
फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई रकम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । विद्यालयको पूर्वविद्यार्थी समाजको पहलमा १ हजार ५ सय ५४ डलर उठेको थियो । विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले पनि एक दिनको तलब फाउन्डेसनलाई सहयोग स्वरुप प्रदान गरेका थिए । -१२ खरीको सहयोगमा
प्रतिक्रिया