फागुन ८,
काठमाडौं । पाकिस्तानी विकेटविपर तथा ब्याट्सम्यान उमार अकमलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले क्रिकेटमा प्रतिबन्ध गरेको छ । अकमललाई भ्रष्टाचारसम्बन्धी नियम उल्लंघन गरेको भन्दै पीसीबीले प्रतिबन्ध गरेको हो ।
अकमलले एन्टी करप्सन कोडको धारा ४.७.१ को नियम उल्लंघन गरेको पीसीबीले बताएको छ । प्रतिबन्धसँगै अकमलले अब कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नुपर्नेछ । - एजेन्सी
प्रतिक्रिया