फागुन ७,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमा-५ चपहट्टीमा जारी तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिमा क्वाटर फाइनलका खेलहरु बुधबार सम्पन्न भएको छ । तिलोत्तमा फुटबल एकेडेमीको आयोजना जारी प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर १४ लाई १-६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चपहट्टी खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर १३ ले सुरुवाती अग्रता लिए पनि फितलो प्रदर्शनका कारण जित दर्ता गर्न सकेन । टिमका लागि हिमाल थापाले खेलको ९ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए ।
खेलको २९ औं मिनेटमा वडा नम्बर ६ का श्याम थापाले गोल गर्दै बराबरीको अवस्थामा ल्याएका थिए । खेलको ३९ औं मिनेटमा रोहित सुनारले थप एक गोल गर्दै वडा नम्बर ६ लाई जित नजिक डोर्याए । वडा नम्बर १३ माथी खेल अवधिभर दवदवा बनाउन सफल वडा ६ का तर्फबाट खेलको ३९ र ५३ औं मिनेटमा राज बुढाथोकीले लगातार दुई गोल गर्न सफल भए । सिजन थापाले ५९ औं र ६३ औं मिनेटमा गरी दुई गोल गर्न सफल भएका थिए । बुधबारको खेलमा वडा नम्बर ६ का राजकुमार बुढाथोकी म्यान अफ दि म्याच घोषित भएका छन् ।
यस अघिले अघिल्लो चरणका खेलहरुमा जित दर्ता गरी वडा नम्बर १, ९ र १४ सेमिफाइनलमा प्रवेश गरीसकेका छन् । वडा नम्बर १ ले वडा नम्बर पाँचलाई १-३ गोल अन्तरले पराजित गरेको थियो भने वडा नमबर ९ ले वडा नम्बर १५ लाई २-३ गोल अन्तरले पराजीत गरेको थियो । यी टिमहरु बीचको खेलमा निर्धारित समयमा दुबैतर्फबाट गोलरहित बराबरी भएपछि ट्राइबेकरबाट निर्णय गरिएको हो । यसैगरी वडा नम्बर १४ ले वडा नम्बर ४ लाई १-३ गोल अन्तरले पराजीत गरेको थियो ।
चपरहट्टी खेल मैदानमा जारी प्रतियोगितामा विहिबार हुने सेमिफाइनलको पहिलो खेलमा वडा नम्बर ६ र १४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वडा नम्बर १ र ९ का बीच हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगामी फागुन १० गते हुने छ । प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुर्य चापागाईले जानकारी गराए । प्रतियोगितामा तिलोत्तमाका १७ वटै वडाबाट सहभागिता रहेको थियो ।
प्रतिक्रिया