फागुन ७,
काठमाडौँ । चीनको उहानबाट उद्धार गरिएका १ सय ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । चीनको वुहानबाट आइतबार ल्याइएका नेपालीमा कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।
चीनको वुहानबाट आइतबार नेपाल ल्याइएका १७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको र कुनै डर र त्रास नरहेको मन्त्रालयले जनाएको हो । क्वारेन्टाइन स्थल खरिपाटीमै उनीहरु सबैको नाक र घाँटीर्को यालको नमूना परिक्षण गरिएको थियो ।
प्रतिक्रिया