फागुन ६, ,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप–२०७५ अन्तर्गत च्यासल युथ क्लब र सिमएमजी संकटा बीच हुँदैछ । प्रतियोगिताको तेस्रो दिनको/तेस्रो खेल आज दिउँसो हुने आयोजक संस्थाका महासचिव लोक पुनले जानकारी गराए ।
पहिलो प्रतियोगितामा एपिएफलाई पराजित गर्दै झापा–११ले विजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा सुनसरी–११ लाई पराजित गरी लाली रुपन्देहीले सडन डेथको आधारमा सेमिफाइनलको यात्रा तय गरेको छ ।
रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।
प्रतिक्रिया